सेनाको फोहोर सोहोर्दाकै सास्ती
नेपाली सेनाको श्री नं २ सैन्य तालिम केन्द्र लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित सैनामैना इलाकामा छ । यस ब्यारेकको मुख्य जिम्मेवारी नयाँ भर्ती भएका जवानलाई आधारभूत तालिम गराउने हो । हाल यस तालिम केन्द्रको हाकिम प्रमुख सेनानी विकास अधिकारी छन् ।
यहाँ तालिमरत शिक्षार्थी न्यूनतम ८७५ र आवश्यकताअनुसार कहिलेकाहीँ त्यसभन्दा बढी पनि रहन्छन् । ९ महिनाको तालिम समयमा ३/३ महिनाको ट्रम ब्रेक १० दिन बिदा छाड्ने नीति छ । त्यसबेला गाडी मिलाउने र कमिसन खाने चक्कर चल्छ । लोकल रुपन्देही जिल्लाकै सैन्यहरूलाई पनि अनिवार्य यसरी मिलाइएको गाडी चढ्नुपर्ने बाध्यता छ । घरबाट फर्किने बेला बिहानदेखि ब्यारेकबाट १.५ किमि दूरी पर रानीबगिया बजारको बनकट्टा, पानी ट्यांकी र मुख्य–मुख्य चोकमा सिभिल पोशाकमा ड्युटी खटाई गाडीबाट झर्नेबित्तिकै सामान किन्न पूर्ण बन्देज गरी ब्यारेकको ट्रकमा लोड गर्ने चलन छ ।
ब्यारेकको मलमूत्र तथा बम, गोला, बारुदसहित वर्षाको बेला पुराना फ्याँकिएका छालाका जुत्ता, मोजा, चाउचाउ, बिस्कुटका खोल, लिची जुस, फ्रुटीका खोल बगाएर खेत बारीभरि ल्याउने गरेकोमा आफैैंले टिपेर फाल्नुपर्ने र सेफ्टी ट्यांकीको ढलसमेत सुँघ्नुपरेका पीडा स्थानीय बासिन्दाका छन् । केही जिम्मेवार र व्यावहारिक व्यक्तिलाई स्थलगत निरीक्षण गराई केन्द्रपति विकास अधिकारीमाथि आवश्यक छानबिन गरी सैनामैनाका जनतालाई राहत दिइयोस् ।
– पीडित जनता
टिप्पणीहरू