ग्लोबल आइएमई बैंकका थप शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकका थप शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंक लिमिटेडले आठ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९, धारापानी, महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नं. १, गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४, बडागाउँ, नेटा र वडा नं. २, मुसिकोट, देउराली, उदयपुरको कटारी नगरपालिका वडा नं. २, गराँसमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको जनाएको छ । 

त्यसैगरी अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ६, धातिवाङ, कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९, बानियाभार र कैलाली जिल्लाको चुहा नगरपालिका वडा नं. ७, हरैयापुरमा पनि नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । अब बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २८३ पुगेको छ । 

बैंकले ढल्केबार शाखा अन्तर्गत रहने धारापानीको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय बिशालकुमार भुजेल, बर्दिबास शाखा अन्तर्गत रहने मनरा शिसवाको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय शाह जेनरल स्टोर्स, वामी शाखा अन्तर्गत रहने बडागाउँ, नेटाको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय बोम बहादुर छन्तेल र वामी शाखा अन्तर्गत रहने मुसिकोट, देउरालीको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय मदन दिप घिमिरेलाई प्रतिनिधि नियुक्त गरेको छ ।

त्यसैगरी, कटारी शाखाअन्तर्गत रहने गराँसको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय राजकुमार कार्की, पोखराथोक शाखा अन्तर्गत रहने धातिवाङ्गको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय मनिराम पौडेल, चन्द्रौटा शाखाअन्तर्गत रहने बानियाभारको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय जयन्ती गिरी र लम्की शाखाअन्तर्गत रहने हरैयापुरको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय जयबहादुर खत्रीलाई प्रतिनिधि नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, युटीएल तथा एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिने बैंकले प्रष्ट पारेको छ । 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित नौ सयभन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

टिप्पणीहरू