गुप्तचरहरू क्याम्पभित्र गुटुटु

गुप्तचरहरू क्याम्पभित्र गुटुटु

सरकारको आँखा, नाक र कान ठानिने गुप्तचरहरूको तालिम हेटौँडामा शुरु भएको छ । सो तालिममा करिब ३० जना सूचकले भाग लिइरहेका छन् । सोमबार तालिमको उद्घाटन आइतबार मात्र हेटौंडा पठाइएका सहअनुसन्धान निर्देशक किशोर श्रेष्ठले गरेका थिए ।

सामान्य भाषामा गुप्तचर भनिने राष्ट्रिय अनुसन्धान विभागको बागमती प्रदेश कार्यालय हेटौँडामा छ । त्यसको नेतृत्व प्रकाश पाण्डेको अवकाशपछि किशोर श्रेष्ठले लिएका हुन् । लमजुङ घर भएका श्रेष्ठ डिआइजी हुने रोलमा भए पनि पछि परेको बताइन्छ । अहिले विभागमा दुई जना डिआइजीको दरबन्दी खाली छ ।

सुनिल ढकाल र हरिहर पौडेल घर गएपछि दरबन्दी रिक्त हुन पुगेको हो । केपी ओली प्रधानमन्त्री हुनु अघिसम्म विभागमा तीन जना एआइजीको दरबन्दी थियो । त्यसबेला ओलीले गणेश अधिकारीलाई प्रमुख बनाउनका लागि दरबन्दी कटौती र समय नपुग्दै केहीलाई घरको बाटो तताउने वातावरण तयार गरिएको थियो भने देउवा आउनासाथ फेरि दुईवटा बनाइयो ।

पुरानै व्यवस्था कायम गर्दा सबैको वृत्ति विकास हुने र सूचना संकलनमा ऊर्जा बढ्ने युवा अफिसरहरुको मान्यता रहेको बुझिन्छ ।

टिप्पणीहरू