क्रिसमस बिदामा गभर्नर अधिकारी तरकारी बजारतिर

क्रिसमस बिदामा गभर्नर अधिकारी तरकारी बजारतिर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज राजधानीको केन्द्रमा रहेको तरकारी बजार भ्रमण गर्नुभएको छ । उहाँ नक्सालस्थित तरकारी बजारमा जानुभएको छ ।

दुई वर्षअघि आजैका दिनदेखि उक्त बजारमा प्रारम्भ गरिएको डिजिटल भुक्तानी सेवा अनुगमनको निम्ति उहाँ तरकारी बजार जानुभएको बताइएको छ । राष्ट्र बैंकका एक जना अधिकृतले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटो र विवरणमा गभर्नर डिजिटल पेमेण्ट प्रवर्धनको निम्ति आज त्यहाँ जानुभएको उल्लेख छ । 

उहाँले आज त्यहाँ पुगेर पिएको चिया र किनेको तरकारीको रकम क्युआर कोडबाट तिर्नुभएको थियो ।

टिप्पणीहरू