आइतबार के हेरी बस्यो ‘र’ ?

आइतबार के हेरी बस्यो ‘र’ ?

नेपालमा यत्रो राजनीतिक घटनाक्रम हुँदा भारतीय गुप्तचर संस्था ‘रअ’ को नेतृत्व के गर्दै थियो होला ? चुनावअघि र पछि पनि यहाँको राजनीतिक परिदृश्यलाई मसिनो गरी नियालिरहेका तिनका गुप्तचरहरू आफू प्रतिकूलको घटना हुँदा के–कस्तो हिसाब निकाल्दै थिए होलान् ?

खासमा ‘रअ’ का काठमाडौंस्थित स्टेशन चिफ राघव भट्नागर बिरामी थिए । हप्ता दिनसम्म चिकित्सकको निगरानीमा रही आइतबार बिहानदेखि मात्रै बाहिर निस्किए र त्यही दिन ‘वैधानिक सत्तापलट’ भयो । नक्साल, भाटभटेनीस्थित अर्बपति व्यापारी उपेन्द्र महतोको घर पछाडि बस्ने उनी आफैंले प्रत्यक्ष एक हप्तासम्म कुनै किसिमको राजनीतिक चलखेल गर्न पाएका थिएनन् । उनी बिरामी भएकै कारण देशको राजनीति यस्तो भएको त होइन दूतावासको ।

तर, सुरक्षा हेर्ने नेहा पाण्डेका पति गौरव सिंह, ओमप्रकाश, क्षितिज भण्डारी, दिवाकर शर्मा, अशोककुमार, प्रवीण गोसाे, अनिल गिरीसहित उनको कोर टिमले भित्री घटनाक्रममा आएको आकस्मिक परिवर्तनको बेलैमा सूचना पाइदिएको भए परिस्थिति अर्कै बन्थ्यो कि भनेर एकथरि कांग्रेस नेताहरु चर्चा गर्न  थालेका छन् । 
 

टिप्पणीहरू