कर्साबको ज्यान, तालिम हैन क्याबिनतिर ध्यान
नं. २ सैन्य तालिम केन्द्र रुपन्देहीमा १२५० को नफ्री रहेको छ, जसमध्ये ८७५ जना यहाँ छन् । यहाँका प्रमुख सेनानी विकास अधिकारीको ध्यान तालिमभन्दा बढी क्यान्टिनमा छ । फकएने दिन रानीबगीया बजारको मुख्य–मुख्य चोकमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म २५ देखि ३० जना सिभिल पोशाकमा ड्युटी खटाई दायाँ बायाँ हर्कत गर्न नदिई ठूला ट्रक र प्रमुख सेनानी विकास अधिकारी चढ्ने सरकारी स्कोरपियो गाडीले ओसार्ने गरिन्छ । कर्साप आफैँ ड्राइभ गर्छन् । आफ्नो गाडीमा महिला सैन्यहरूलाई मात्र चढाउने गर्छन् । यो गर्नुको मुख्य कारण यो छ कि सैन्यहरूलाई कुनै पनि सरसामान खरिद गर्न नदिनु हो । ल्याएको सामान प्रयोग गर्न नदिई स्टोरमा राखिन्छ । केन्द्रपतिले बिदा जाने बेला भनेका हुन्छन्– बाठो भइस्, सामान ल्याइस्, तेरो दशा शुरु भयो । तँलाई सेकेण्डरी ब्याचमा झारिदिन्छु ।
नयाँ सैन्यको तालिम शुरु भएको ३ महिना नहुँदासम्म व्यक्तिगत रूपमा पैसा तिरेर क्यान्टिनमा खान नपाउने नीति छ तर तालिम शुरु भएको भोलिपल्टदेखि एक दिन पछिबाट त्यो सुविधा दिलाएका छन् ।
पल्टनभित्र विभिन्न कार्यक्रम राख्ने, युभिडे भनेर फिल्म देखाउने, प्रतिव्यक्ति रु ५० देखि ३०० रूपैयाँसम्मको खानेकुरा क्यान्टिनबाट अनिवार्य रूपमा खुवाउने गरिन्छ । केन्द्रपति अफिसको कुर्सीमा दिनमा २÷३ घण्टाजति मात्र रहन्छन् । अरु सबै टाइम सिभिल पोशाकमा बजारभरि व्यवसायसम्बन्धी चक्करमै हुन्छन् । उनी आउनुभन्दा अगाडि रु. ९८ मा बिक्री गरिएको सामानको भाउ अहिले ११० पु¥याएका छन् । एक दिनमा ३/४ पटक क्यान्टिन पुगेर सामान के–कति बिक्री भयो, हेरफेर गर्छन्, दिनभरिको फाइदा बेलुका उनीलाई बुझाउनुपर्छ । एक दिनको फाइदा १० हजारदेखि १४ सम्म र शनिवार २२ हजारदेखि २५ हजारसम्म हुन्छ ।
प्रत्येक दिन ब्यारेकको राम्रो–राम्रो मोटरसाइकल बदली बदली व्यापारीकोमा एक्लै जान्छन् कतिखेर जान्छन् । बसाई ८ घण्टा ब्यारेकमा, १६ घण्टा बाहिर हुन्छ ।
टिप्पणीहरू