गृहमन्त्रीको गृहमै गड्बडी
गृहमन्त्रीको निजी जीवनमा मात्रै हैन, छेउछाउतिर पनि समस्यै–समस्या छन् । जनताले जानेको कुरा हो, रवि लामिछाने बहुपत्नीका धनी हुन् । नागरिकता प्रकरण नसल्टिँदै त्यही मामिलासँग सरोकार राख्ने मन्त्रालयमा उपप्रधानसहित बहाली भएका छन् । तर, केही कुरा छन्, जो जनताले जान्नु जरुरी छ ।
काभ्रेको नाल्दुम, रोहिणी (हालको मण्डन देउपुर) बाट बाबुकै पालादेखि चाबहिलस्थित महांकाल, पानीट्यांकीमा बसाइँ सरेको उनको पुख्र्यौली घर अहिले पनि त्यहीँ छ । उनले त्यहीँको भृकुटी स्कूलमा १० कक्षासम्म पढी रत्नराज्यलक्ष्मी क्याम्पसमा आइएमा भर्ना भए । त्यहाँ उनका दाजु हरिशरण लामिछाने जेठी पत्नी इन्दिरा र सन्तानसहित बस्छन्, कान्छी पुनम पौडेल अन्यत्रै बस्छिन् ।
उनी जुझारु टेलिभिजन पत्रकार हुन् । हरिशरणचाहिँ रेडियो नेपालको समाचारतर्फ आठौं तहमा जागिरे छन् । रविले डिल्लीबजारकी ईश्वरी (ईशा) सँग औपचारिक विवाह गरेका थिए, जसबाट दुई सन्तान छन् । उनीहरु अमेरिकामै बस्छन् । रवि अमेरिका रहँदै विदेशीमूलकी एक युवतीसँगको सम्बन्धबाट एक सन्तान पनि जन्मिएका छन् ।
यसपछि फेरि नेपालबाट अमेरिका गएकी एक कलाकार महिलासँग लागेपछि ईशासँगको सम्बन्धमा थप समस्या भयो । ईशासँग केही वर्षअघि उनले सम्बन्ध बिच्छेद गरे । त्यसपछि विवाह गरे, निकिता पौडेलसँग । निकिताले रविसँग विवाह गर्नका निम्ति पति अभयबहादुर शाहसँग सम्बन्ध बिच्छेद गरिन् ।
महाराजगञ्जका स्थायी बासिन्दा अभय हिमालयन बैंकको म्यानेजर तहका वरिष्ठ कर्मचारी हुन् । निकिताचाहिँ गोपिकृष्ण हलका मालिक तथा राप्रपा नेता उद्धव पौडेलकी छोरी हुन् । उनले अभयतर्फबाट जन्म भएकी १४ वर्षीया छोरीलाई उतै छाडिन् र रविसँग घरजम गरिन् । आ–आफ्नो सम्पत्ति आ–आफैँ राख्ने सहमतिबमोजिम उनीहरुको कानुनी मामिला टुंगिँदा भेट्न मन लागेको बेला छोरीसँग भेट्न पाउने सहमति छ ।
यता, रवितर्फ भने सन्तान छैनन् । अर्थात्, दुबैका भएका सन्तानलाई पूर्वपति र पूर्वपत्नीसँगै छाडेर उनीहरु नयाँ जीवनमा रमाइरहेका छन् ।
टिप्पणीहरू