एमाले नेताहरू तीन छक्क
वाम लोकतान्त्रिक गठबन्धनलाई एकाएक छाडेर हिँडेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको कदमदेखि एमालेको दोस्रो र तेस्रो पुस्ताका नेताहरू छक्क परेको बताइन्छ । उनीहरूको एउटै संशयपूर्ण स्वर छ, ‘के ग¥या हो यो प्रचण्डले ? यस्तो गर्न सक्ने मान्छेले ओलीको विश्वासलाई समेत ऐन मौकामा घात नगर्लान् भनेर कसले भन्न सक्छ ?’ भन्छन्– हाम्रा अध्यक्ष केपी ओलीले सत्ता नछाडेजस्तै उनले पनि दुई वर्षपछि सत्ता नछाड्न सक्छन् ।
अहिलेको सरकारलाई सत्ताबाहिरै बसेर राप्रपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेजस्तै एमालेसँग बदला लिन नेपाली कांग्रेसले प्रचण्डलाई नै सत्ताबाहिरबाट समर्थन जनाइदिन पनि सक्छ । त्यसबेला एमाले अध्यक्ष ओली कि कांगे्रस सभापति देउवा चतुर खेलाडी मानिने हुन्, समयक्रमले बताउने नै छ । त्यसो त एमाले अध्यक्ष ओलीले नै पुठ दिएका पात्रको रूपमा रवि लामिछानेलाई लिने गरिन्छ ।
उनलाई संरक्षण दिने, कारबाहीबाट जोगाउनुका साथै जनतासँग प्रधानमन्त्रीजस्तो कार्यक्रम सित्तैमा नेपाल टेलिभिजनबाट सञ्चालन गर्न निर्देशन दिने र अहिले पनि भैगो गृह मन्त्रालय दिऊँ भनेर वर्षमान र नारायणकाजीलाई हिस्स पार्ने काम ओलीबाटै भएको दाबी स्रोतले गरेको छ । २ वर्ष त धेरै टाढाको कुरा हो । त्यस अवधिमै धेरैथरी कथा कहानी सुन्न पाइनेछ ।
टिप्पणीहरू