एमालेले मन्त्रीहरूको पीए खोज्न थाल्यो
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मन्त्री भएका र हुने नेताहरूको लागि निजी सहायक वा पर्सनल एसिस्टेन्ट (पीए) खोज्न थालिएको छ । यसका लागि राजकीय मामिला विभागलाई निर्देशन दिइएको छ । यो विभागको प्रमुखमा उपाध्यक्ष सुरेन्द्र पाण्डे छन् । सो विभागले पनि बागमती प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीलाई पेशागत सर्कुलर गरिसकेको बताइन्छ ।
तर, मन्त्रीहरूले भने पार्टीले सिफारिस गरेका मान्छेलाई पीए राख्ने कि नराख्ने स्पष्ट हुन सकेको छैन । किनभने यसअघि पार्टीले सिफारिस गरेका व्यक्तिलाई मन्त्रीहरूले सुराकीको रूपमा लिएर पन्छाउने गरेको उदाहरण पनि पाइन्छ ।
यसअघि आफुले चाहेकै मान्छेलाई राजकीय मामिला विभागबाट सिफारिस गर्न लगाउने चलन पनि थियो । निवासतर्फ स्वकीय सहायकको रूपमा घरभित्रका, नातेदार, जिल्ला वा निर्वाचन क्षेत्रका मान्छे राख्ने चलन छ ।
टिप्पणीहरू