सैनिक अधिकृतहरु किन आफ्नै प्राण सिध्याउँदै ?

सैनिक अधिकृतहरु किन आफ्नै प्राण सिध्याउँदै ?

विदेश जान ठिक्क परेका एकजना कर्णेलले आत्महत्या गरेका छन् । अवकासप्राप्त तीनतारे जर्नेल बलदेव महतले आत्महत्या गरेपछि बढुवाको भोज खुवाउन नपाएका उनका दुःखी भाइ सोभेन्द्र जुम्लास्थित २४ बाहिनीमा हाजिर भएलगत्तै त्यहीँको तेस्रो जिम्मेवारीमा रहेर अपरेशन हेर्ने लेफ्टिनेन्ट कर्णेल अञ्जन रुपाखेतीले गत आइतबार राति आत्महत्या गरेका हुन् ।

नयाँ आएको सुडान मिशनमा अब्जर्भरका लागि छनौट भई काभ्रेको पाँचखालस्थित सैनिक तालिम केन्द्रमा तालिम लिएर पनि अवसर रद्द हुनेमा परेका उनलाई दुई दिनदेखि निद्रा नपर्ने समस्या आएको थियो । आइतबार साँझ मेसमा अरु अफिसरहरुसँगै बसेर टेलिभिजन हेरी क्वार्टरमा सुतेका उनी सोमबार बिहान मृत भेटिएका हुन् । उनले बेलुकी घरमै घाँटीमा पासो लगाई आत्महत्या गरेको प्रहरीको अनुमान छ । पत्नीसहित एक छोरा र एक छोरीका बाबु रुपाखेती काठमाडौंको सतुंगलमा १ रोपनी जग्गासहित कम्पाउण्डवाला लगाएको घरमा बस्थे ।

इमान्दार छवि बनाएका अफिसर मानिने उनी जुम्ला जानुअघि श्रीनाथ गण धनुषाको गणपति थिए । पछिल्लो समय सेनामा आत्महत्या गर्नेहरुको संख्या बढेको छ । सशस्त्र द्वन्द्वकालमा बढेको आत्महत्याको लहर बीचमा रोकिएको थियो । तर, केही महिनायता त्यस्तो क्रम बढिरहेको पाइन्छ । यसअघि एकजना गल्फ कोचले काठमाडौं विमानस्थलछेउ ब्यारेकमै झुण्डिएर आत्महत्या गरेका थिए ।

तिहारताका छाउनीमा पनि एकजनाले आत्महत्याको प्रयास गरे । पछि उनलाई हनुमानढोका ल्याएर निगरानीमा राखिएको छ । सेनाले बेलैमा यस्तो प्रवृत्तिका कारकहरुको खोजी गरी थप क्षति न्यूनीकरणका उपाय अप्नाउनु जरुरी देखिन्छ ।
 

टिप्पणीहरू