ग्लोबलमा बैंक अफ काठमाडौं मिसिएको घोषणा प्रधानमन्त्रीले गर्ने

ग्लोबलमा बैंक अफ काठमाडौं मिसिएको घोषणा प्रधानमन्त्रीले गर्ने

आगामी सोमबारदेखि बैंक अफ काठमाडौं ग्लोबल आइएमइ बैंकमा विधिवत गाभिने भएको छ । सोही दिनदेखि दुबै बैंकको एकीकृत कारोबार ग्लोबल बैंकको नामबाट हुने बताइएको छ । 

बैंक अफ काठमाडौंलाई ग्लोबलमा गाभ्ने कामको औपचारिक शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने बताइएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान साढे ८ बजे आयोजना हुने कार्यक्रममा बैंक  अफ काठमाडौं ग्लोबल बैंकमा विलय भएको घोषणा प्रधानमन्त्रीले गर्नुहुनेछ ।

टिप्पणीहरू