काँग्रेस सरकार ढाल्नतिर नलाग्ने,प्रतिपक्षमै बस्ने

काँग्रेस सरकार ढाल्नतिर नलाग्ने,प्रतिपक्षमै बस्ने

नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले आफ्नो पार्टी सरकार ढाल्नतिर नलाग्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतमा असफल बनाएर नयाँ सत्ता समीकरण बनाउन सभापति शेरबहादुर देउवा सक्रिय भएको चर्चा चलिरहेका उनले काँग्रेस प्रतिपक्षमै बस्ने प्रष्ट पारे । 

सांसद पौडेलले आजको संसदीय दलको बैठकमा पार्टीले प्रतिपक्षमा रहेर कसरी रचनात्मक भूमिका निर्वाह गर्न सक्छ भन्ने विषयमा छलफल भएको बताए । बाहिर आएको हल्ला जस्तो सरकार बनाउने वा ढलाउने प्रक्रियामा कांग्रेस नलाग्ने पनि स्पस्ट पारे ।

संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पौडेलले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा मात्रै छलफल भएको बताए । नयाँ विषयले बैठकमा प्रवेश नपाएको उनको भनाइ छ ।

टिप्पणीहरू