चितवनमा डेढ मुठा हजार दरका जाली नोट, ४२ वर्षे महिला पक्राउ

चितवनमा डेढ मुठा हजार दरका जाली नोट, ४२ वर्षे महिला पक्राउ

प्रहरीले चितवनमा झण्डै डेढ लाख रुपैयाँ बराबरको जाली नोटसहित एक जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले कालिका नगरपालिकाबाट गंगा तामाङलाई अस्ति साँझ पक्राउ गरिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले कालिका नगरपालिका १ की ४२ वर्षीया गंगा तामाङको डेरा कोठाबाट जाली नोट लुकाइ छिपाई राखेको अवस्थामा एक हजार दरका एक सय ३७ थान फेला पारेको हो । 

उनलाई चितवन जिल्ला अदालतबाट पक्राउ मितिबाटै लागु हुनेगरी मुद्रा सम्बन्धी कसूरमा म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू