माछापुच्छ्रे बैंकको नाफा डेढ अर्ब नाघ्यो
माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ६८ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । आज भएको चौबिसौँ वार्षिक साधारण सभामा बैंकको कुल निक्षेप १५०.१० अर्ब र कुलकर्जा१३१.२७ अर्ब पुगेको जानकारी दिइएको छ ।
त्यसैगरी बैंकले आफ्नो लगानी २३.०८ प्रतिशतले वृद्घि गरी २४.१३ अर्ब पुर्याएको छ भने बैंकको निष्क्रिय कर्जा अनुपात १.०४ प्रतिशत कायम भएको बताइएको छ ।
साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा.उपेन्द्र महतो, रोशन के.सी. र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले हाल देशका सातै प्रदेशमा १६५ शाखा, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम तथा १० एक्सटेन्सन काउण्टरको माध्यमबाट १४ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको जानकारी गराएका छन् ।
टिप्पणीहरू