आज साढे १ बजेसम्म बैंकले सेवा दिने
नेपाल राष्ट्र बैंकले आज दिउँसो साढे १ बजेसम्म बैंकिङ सेवा दिन सम्पूर्ण इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले साढे १ बजेसम्म नगद कारोबार,चेक क्लियरिङ्ग, आरटीजीएसलगायत अत्यावश्यक बैंकिङ सेवा दिन निर्देशन दिएको हो । हिजो पोखरामा भएको विमान दुर्घटनामा दुःख व्यक्त गर्दै सरकारले आज शोक बिदा दिएको छ । राष्ट्र बैंकले शोक बिदा भएपनि उक्त समयसम्म कार्यालय खुला राख्न भनेको छ ।
जारी सूचनामा भनिएको छ,‘सार्वजनिक बिदा रहेतापनि नगद कारोबार, चेक क्लियरिङ्ग, आरटीजीएसलगायत अत्यावश्यक बैकिङ्ग सेवा प्रदान गर्न बिहान १० देखि दिँउसो साढे १ बजेसम्म इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्थाका लागि यो सूचना जारी गरिएको छ ।’
टिप्पणीहरू