विद्यार्थीलाई जब गुरुले मोबाइलमा देखाए अश्लील सामग्री

विद्यार्थीलाई जब गुरुले मोबाइलमा देखाए अश्लील सामग्री

शिक्षकले बालबालिकालाई मोबाइलमा अश्लील सामग्री देखाउन थालेपछि अभिभावक त्रसित भएका छन् । काभ्रेको महाभारत गाउँपालिका–३ स्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देवीन्द्रकुमार विष्टले बालबालिकालाई पुस्तकका स्थानमा अश्लिल सामग्री देखाएका हुन् । 

०७८ फागुन १२ गते बिहान ११.४५ बजे शिक्षक बिष्टले कक्षामा बालबालिकालाई मोबाइल मार्फत यौनजन्य अश्लिल श्रव्यदृश्य देखाएको अभियोगमा २७ जना छात्रछात्राले उजुर गरे । कक्षा ८ का बालबालिकाको उजुरीका आधारमा शिक्षक बिष्ट पक्राउ परे । ४२ वर्षीय शिक्षक बिष्टको मुद्दा फैसला भएको छैन ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बाल यौन दुव्र्यवहारसम्बन्धी ६ वटा मुद्दा विचाराधीन छन् । अन्य केही विद्यालयमा पनि बालबालिकामाथि यौन दुव्र्यवहार भएको मौखिक उजुरी आउने गरेको छ । प्रहरीले लिखित उजुरी आएका घटनामा मात्रै अनुसन्धान गरेको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा रहेको बाल इजलासमा बालबालिकाहरूले गरेको अपराध तथा बालबालिकामाथि भएको अपराधबारे सुनुवाइ जारी छ । 

टिप्पणीहरू