सुडानमा मर्नैपर्ने हो सेनाले ?
दक्षिण सुडानमा तैनाथ शान्तिसेनाको आठौं डफ्फा (चन्दननाथ गण) का प्रमुख सेनानी सरोज रानासहित मेजरद्वय कृष्णकाजी थापा र रेखराज श्रेष्ठले तल्लो दर्जालाई हदभन्दा बढी शोषण गरेका छन् । वाइफाईबाट तलकालाई वञ्चित गरी अधिकृत लाइनलाई मात्र सुविधा दिएका छन् । ट्वाइलेट फोहोर फाल्ने डस्टबिन जस्तो छ ।
भिजिटको समयभन्दा अरु बेला ट्वाइलेट सफा सुग्घर केही नगरी बाथरुमका लागि आएको लाखौं रुपैयाँ कुम्ल्याएका छन् । खानामा पनि विभेद छ । जवान भान्सा र अधिकृत मेसमा पाक्ने खानामा आकाश पातालको फरक छ । दशैं नवमीको दिन जवान भान्सामा माछाको झोल पाक्यो भने अधिकृत मेसमा माछा, लोकल खसी,बंगुर, चिकेनलगायत थुप्रै परिकारको बास्ना चलाइयो । किन यस्तो विभेद ? सेनामा कासन मात्र हो कि शासन पनि एक हुन्छ ?
सेनानी थापाले लजिष्टिक अधिकृत बनेर हरेक सामान खरिदमा अर्कै बील हालेर लाखौं लुटेका छन् । अन्य देशको ब्याडबाट फूल क्यारीमा हालेको टायर मागी भित्रीभागमा ट्युब फीट गर्नुका साथै नयाँ टायरको बील बनाएर पनि खान भ्याएकै छन् । एउटै टायरको २० चोटिभन्दा धेरै फोटो खिची टायर चाहिँ नकिन्दा पनि भएकै छ । बजारबाट ल्याइएको सामानको बील आफ्नै कोठाभित्र रंगीन पेपरमा प्रिन्ट गरी गोजी भरेका छन् ।
सेनानी रेखराज श्रेष्ठले जवानलाई खल्तीको नियम लगाई मानसिक, शारीरिक यातना दिँदा ज्यादति सहन नसकी आत्महत्या गर्छु भन्नेसम्मको अवस्थामा पु¥याएका छन् । शा.का.सी.ले एउटा भेष्ट हराउँदा २०–३० हजार पर्ने मोबाइल फुट्ने गरी शारीरिक यातना दिएर पोष्ट पठाउने यिनै हुन् । यो कुरालाई चिफसाबले कहिले हेर्ने हो ? कि हामीमध्येको कसैले आत्महत्या नगरी सैनिक सचिवको कानमा बतास लाग्दैन ?
टिप्पणीहरू