राष्ट्र बैंकका हाकिमद्वारा नयाँ खुलासा,चुनावपछि नेपालमा भारतीय रुपैयाँ फालाफाल

राष्ट्र बैंकका हाकिमद्वारा नयाँ खुलासा,चुनावपछि नेपालमा भारतीय रुपैयाँ फालाफाल

नेपाल राष्ट्र बैंकका एक जना निर्देशक (अधिकृत प्रथम श्रेणी) ले बजारमा भारतीय रुपैयाँ फालाफाल भएको विषयमा नयाँ खुलासा गरेका छन् । बैंक सुपरीवेक्षण विभागका निर्देशक रोशनकुमार सिग्देलले नेपालमा सँधै आमनिर्वाचनपछि बजारमा भारतीय रुपैयाँ पर्याप्त हुने गरेको तथ्य उजागर गरेका हुन् ।

उनले लेखेका छन्,‘मेरो अनुभवअनुसार नेपालमा संसदीय आमनिर्वाचनलगत्तै भारुको नगद प्रवाह बढ्ने गरेको छ,चुनावी असर १११’ सिग्देलको उक्त भनाइ चुनावमा भारतीय संस्थापन पक्षले आफ्नो पक्षका सांसद जिताउन ठूलो परिमाणमा भारतीय रुपैयाँ खर्चेको भन्नेतर्फ इंगित रहेको सजिलै बुझ्न सकिन्छ ।

सिग्देलको उक्त स्टाटसबारे एक जनाले सोधनी गरेका छन् ‘कारण ?’ सोही प्रश्नको जवाफ दिँदै निर्देशक रोशन ढुक्कसँग लेख्दछन्,‘केही नेतालाई इण्डियाबाट चुनाव खर्च आउँछ ।’ तर ती नेता को हुन् भन्नेबारे उनले खुलाएका छैनन् । भलै उनी नेपालका ठूला बैंकहरुको निरीक्षण तथा सुपरीवेक्षण गर्ने विभागमा कार्यरत छन् ।

टिप्पणीहरू