आफन्त भेट्न जाँदा अपहरित दुई नेपालीको लाश भारतमा भेटियो

अपहरणमा परेका दुई नेपाली युवा भारतमा मृत भेटिएका छन् । भारत सीतामढीको बेला थानास्थित पर्सा भन्ने ठाउँमा जनकपुरधामका दुई युवकको शव फेला परेको हो । धनुषा प्रहरीका अनुसार मृत भेटिएकाहरु जनकपुरधाम उपमहानगरपालिकाका २१ वर्षीय रोहित साह र २२ वर्षीय विष्णु साह हुन् । एकै परिवारका उनीहरु दुई सातादेखि सम्पर्कविहीन थिए । 

खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवलाई परिवारका सदस्यले पहिचान गरेसँगै मृतक नेपाली रहेका र एकै परिवारका रहेको खुलेको हो । उनीहरुको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।

दुई साताअघि सीतामढीस्थित आफन्तको घरमा जाँदा सम्पर्कविहीन भएका उनीहरु अपहरणमा परेको भन्दै आफन्तले प्रहरीलाई खबर गरे पनि उध्दार हुन सकेको थिएन ।

टिप्पणीहरू