बसुन्धारामा ९ जना जुवाडे खालबाटै समातिए
काठमाडौँमा जुवा खेल्दाखेल्दै ९ जना जुवाडे खालबाटै पक्राउ परेका छन् ।
बसुन्धाराको सृजनशिल टोलमा डेरा गरी बस्ने ३७ वर्षीय कल्पना राईको कोठामा जुवा खेलिरहेको अवस्थामा गोरखाको गण्डकी गाउँपालिका–७ घर भई बसुन्धारा बस्ने ३२ वर्षीया शिला गुरुङसहित ९ जनालाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रण लिएको थियो ।
पक्राउ परेका जुवाडेको साथबाट २ सय ४१ थान क्यासिनो सिक्का र १२ गड्डी ताससहित २१ हजार नगद बरामद भएको प्रहरीले जानकारी गराएको छ ।
टिप्पणीहरू