नक्कली प्राध्यापकहरुमाथि खनियो अख्तियार, ज्ञानेन्द्र गिरी र ज्ञानेन्द्र कार्कीविरुद्ध मुद्दा दायर

नक्कली प्राध्यापकहरुमाथि खनियो अख्तियार, ज्ञानेन्द्र गिरी र ज्ञानेन्द्र कार्कीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कानुनी रुपमा नपाएको प्राध्यापक पदलाई उनले मिलेमतोमा लिएर ‘स्तरोन्नति’ गराएको आरोप पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको बताइएको छ ।

‘पाउँदै नपाएको प्राध्यापकको पद प्रयोग गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा हालिएको छ,’ अख्तियार स्रोतले भन्यो । त्यसैगरी गिरीलाई नक्कली प्राध्यापकको उपाधी दिएका बिराट मेडिकल कलेजका तत्कालीन अध्यक्ष ज्ञानेन्द्र कार्कीविरुद्ध पनि मुद्दा हालिएको छ । कार्कीले ठाडो रुपमा प्राध्यापक पद दिएको र गिरीले लिएको देखिन आएको छ ।

कुनै पनि विश्वविद्यालयले विशेष प्रक्रिया पुर्याएर उक्त उपाधी दिनुपर्ने कानुनी व्यवस्था छ । तर कार्कीले गिरीलाई ठाडै प्राध्यापकको उपाधी दिएका थिए । गिरीले झैँ धेरैले उक्त उपाधी लिएको र कार्कीले झैँ धेरैले त्यसरी प्राध्यापकको प्रमाणपत्र उपलब्ध गराएका सबैमाथि अख्तियारले छानबिन थालेको छ ।

यता घुस काण्डमा रंगेहात समातिएका पर्यटन मन्त्रालयका गोल्ड मेडलिष्ट तथा उपसचिव प्रमोद नेपाल अहिलेसम्म बिशेष अदालतमा बयान दिन गएका छैनन् । उनी हालसम्म फरार रहेको बुझिएको छ ।नेपाललाई गत साउनमा सेवाग्राहीबाट नक्सालस्थित एउटा होटलमा २२ लाख ५० हजार नगद घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।

टिप्पणीहरू