नवजात शिशु जंगलमा फाल्ने पापी बाबु पक्राउ

नवजात शिशु जंगलमा फाल्ने पापी बाबु पक्राउ

सुनसरीको बराहक्षेत्र २, चारकोसे जङ्गलमा नवजात शिशु फालेको आरोपमा बाबु पक्राउ परेका छन् । उनले तीन दिनकी नवजात शिशु छोरीलाई फालेका थिए ।

छोरी फाल्ने सुनसरीको दुहबी नगरपालिका १० का ३३ वर्षीय अमितलाल चौधरी हुन् । उनले बराहक्षेत्र नगरपालिका २ को चारकोशे जङ्गलमा तीन दिनअघि शिशु फालेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी घटनाको अनुसन्धान थालिएको उनले बताए । 

अमितसँगै पक्राउ परेकी श्रीमती बिन्दु चौधरीलाई भने प्रहरीले रिहा गरिदिएको छ । नवजात शिशु जंगलमा फालेको घटनामा बिन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते जङ्गलमा लगेर फालेका थिए । जङ्गलमा घाँस दाउरा खोज्दै गएका स्थानीयले नवजात शिशुलाई देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

टिप्पणीहरू