बालाजुको गेष्ट हाउसमा सैनिकद्वारा झुण्डिएर आत्महत्या

बालाजुको गेष्ट हाउसमा सैनिकद्वारा  झुण्डिएर आत्महत्या

काठमाडौंको बालाजुस्थित रसुवा गंगाजल गेष्टहाउसको पहिलो तल्लामा एक जना झुण्डिएको अवस्थामा फेला परेका छन् ।

उनी पहिलो तल्लाको कोठामा रहेको सिलिङ फ्यानमा पासो लगाएर झुण्डिएको पाइएको छ । मृत फेला परेका व्यक्ति नेपाली सेनाका विनय कार्की भएको बुझिएको छ ।

घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने कार्य भइरहेको छ । कार्की सेनाको रणभैरव गणमा कार्यरत थिए । उनी अस्तिदेखि उक्त गेष्टहाउसको कोठा नम्बर १०२ मा बस्दै आएको जानकारी दिइएको छ ।

टिप्पणीहरू