सवारी लाइसेन्सको ट्रायलमा नक्कली परिक्षार्थी

सवारी लाइसेन्सको ट्रायलमा नक्कली परिक्षार्थी

मोरङमा भएको सवारी लाइसेन्सको ट्रायलमा नक्कली परिक्षार्थी सहभागी भएपछि प्रहरीले पक्राउ गरेको छ । अर्कैको नाममा ड्राइभिङ लाइसेन्सको ट्रायल परिक्षा दिने र दिन लगाउने दुबैलाई पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेकामा सुनसरी भोग्राहा गाउँपालिका–७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव हुन् । उनीहरुलाई सुन्दरहरैंचा नगरपालिका ५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरबाट पक्राउ गरिएको हो । 

षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरीचौकी गछियाबाट खटिएको टोलीले फेला पारेको हो । उनीहरूलाई प्र.१–०२–०४५ प ९४३ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ ।
 

टिप्पणीहरू