एम्बुलेन्सले हानेर मान्छे मारी भागेका कार्की ९ वर्षपछि पक्राउ

एम्बुलेन्सले हानेर मान्छे मारी भागेका कार्की ९ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-१ का ४२ वर्षीय ईमबहादुर कार्कीलाई घटना घटेको ९ वर्षपछि प्रहरीले समातेको हो ।

२०७० जेठ २७ गते अपरान्ह ४ बजे भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१५ चारदोबाटोस्थित ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको बा.३ च. ५२७५ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीका ६७ वर्षीय शिवशरण रेग्मीको मृत्यु भएको थियो । 

उक्त घटनालगत्तै फरार भएका उनलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको हो । हाल अभियुक्त कार्कीलाई प्रहरी वृत्त थिमी भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू