शिशुलाई धान खेतमा गाडेकी सीता सात वर्षपछि पक्राउ

शिशुलाई धान खेतमा गाडेकी सीता सात वर्षपछि पक्राउ

आफैंले जन्माएको नवजात शिशुको हत्या गरेर सात वर्षदेखि फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने गोरखा शहीदलखन गाउँपालिका–९ की २७ वर्षीया सीता लामिछानेलाई कर्तव्य ज्यान मुद्दामा प्रहरीले आज नियन्त्रणमा लिएको हो ।

उनले २०७० मंसिर ७ गते शिशु जन्माएर चितवनको साविक पिठुवा गाजिस–७ माधवपुरस्थित धानखेतको कुलोमा बेवारिसे अवस्थामा फालेको शव फेला परेको थियो । त्यसपछि प्रहरीले लामिछानेविरुद्ध मुद्दा चलाएकोमा घटना भएको दुई वर्षपछि सर्वोच्च अदालतले पाँच वर्षको सजाए सुनाएको थियो । 

२०७२ फागुन २० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा सजाए तोकेपछि फरार उनलाई प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।

टिप्पणीहरू