बिप्लवबाट फुट्नेको पनि मोसो दल्नेमै बल

बिप्लवबाट फुट्नेको पनि मोसो दल्नेमै बल

यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई मोसो दलिएको छ । उनलाई नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै हिजो मोसो दलेका हुन् । 

घुस लिएपछि मात्र सवारी साधन चालक अनुमतिपत्र (लाइसेन्स) दिने गरेको र आफ्ना मान्छेलाई लाइसेन्स नदिएको आरोप लगाउँदै बहुमतका कार्यकर्ताले मोसो दलेको बताइएको छ ।

उनलाई दिउँसो कार्यकक्षमै मोसो दलेर  फरारहरुलाई प्रहरीले खोजी गरिरहेको छ । मोसो दल्नेले नेकपा बहुमतको तर्फबाट प्रकाशित पर्चा फालेका थिए ।
 

टिप्पणीहरू