घरभित्र थुनेर दुई किशोरीमाथि बलात्कार

घरभित्र थुनेर दुई किशोरीमाथि बलात्कार

जबरजस्ती करणी गरेको आरोपमा बाग्लुङका दुई युवक पक्राउ परेका छन् । ढोरपाटन नगरपालिका–७, बोबाङका २२ वर्षीय आयुष विक र २१ वर्षीय जीवन विकलाई प्रहरीले बलात्कार आरोपमा समातेको छ ।  

आयुषले अस्ति राति आफ्नै घरमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेका थिए । त्यस्तै, जीवनले पनि आयुषको घरमा माघ ४ गते राति १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरी परेको थियो । 

उजुरीलगत्तै प्रहरी चौकी ढोरपाटनबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू