डोजर आतंक रोक्न माइतीघरमा प्रदर्शन

काठमाडौं महानगरपालिकाको ‘डोजर आतंक’ विरुद्ध राजधानीको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको आयोजनामा महानगरविरुद्ध आज प्रदर्शन गरिएको छ ।

महानगरले स्वेच्छादारी एवम् निरंकुश ढंगले अनाधिकृत रुपमा डोजर चलाएको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलन थालिएको समितिले जनाएको छ । सडक विस्तारका नाममा निजी घर तथा जग्गामा डोजर चलाई आतंकित पार्ने काम महानगरले गरिरहेको समितिको भनाइ छ । 

आन्दोलनकारीहरुले ‘महानगरको ज्यादती बन्द गर’, ‘डोजर आतंक बन्द गर’, ‘सडक विस्तारका नाममा उठिबास लगाउन पाईंदैन’, ‘उठिबास गर्ने विकास चाहिँदैन’, ‘शंखमूलमा निजी सम्पत्तिमाथि भएको महानगरको डोजर आतंक बन्द गर’, ‘महानगर प्रहरीको गुण्डागर्दी मुर्दावाद’, लगायत प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् ।

टिप्पणीहरू