एकल महिला मारिएको आशङ्का

एकल महिला मारिएको आशङ्का

गुल्मीमा  गंगा होटेल सञ्चालिका मृत फेला परेकी छन् ।  बाग्लुङ बडिगाड गाउँपालिका वडा नम्बर २ स्थायी घर भएकी ५८ वर्षीया गंगादेवी शेरचन हिजो मृत भेटिएकी हुन् ।

शेरचनले  गुल्मीको न्वारामा ३० वर्षदेखि होटेल सञ्चालन गर्दै आएकी थिइन् । हात खुट्टा बाँधिएको र शव घोप्टो परेको अवस्थामा भएकाले हत्याको आशंकामा तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

टिप्पणीहरू