कात्तिकमा अपराध,माघमा गिरफ्तार

कात्तिकमा अपराध,माघमा गिरफ्तार

गत कात्तिकमा दुई वटा ट्रक र एउटा मोटरसाइकल जलाएको आरोप लागेकाहरु तीन महिनापछि समातिएका छन् । 

नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विक्रान्त भन्ने जग्गु तेली, कपिलवस्तु जिल्ला इञ्चार्ज विपीन बिक, बृजेश गिरी र सुग्रिम रैदासलाई ट्रक र मोटरसाइकल जलाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुले गत कात्तिकमा कपिलवस्तुमा दुई वटा ट्रक र एउटा मोटरसाइकल जलाएका थिए । त्यसैगरी धेरै जनासँग धम्की दिँदै चन्दा उठाएको आरोप पनि उनीहरुमाथि लागेको छ । प्रहरीले ती सबैलाई कपिलवस्तुबाट पक्राउ गरेको जनाएको छ ।

टिप्पणीहरू