विद्यालयको ल्यापटप चोर प्रहरीको खोरमा

विद्यालयको ल्यापटप चोर प्रहरीको खोरमा

सुनसरीको इटहरीमा ल्यापटप र टिभी चोरेर फरार युवालाई प्रहरीले पक्रेको छ । धरान उपमहानगरपालिका १५ का २९ वर्षीय गौतम राई प्रहरीको नियन्त्रणमा पुगेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार हिजो बिहान २ बजेको समयमा इटहरी ६ स्थित कविर माध्यमिक विद्यालयको ल्यापटप २ थान र टिभी १ थान चोरी भएको थियो । 

सीसी क्यामेरा फुटेजका आधारमा चोरको पहिचान गरी आज  बिहान १० बजेतिर राईलाई पक्राउ गरिएको हो । उनलाई मोरङस्थित नेपाल–भारत सीमा नजिकैबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ । 

पक्राउ परेका राईले सामान चोरेको स्वीकारेका छन् । उनीमाथि सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत चोरी मुद्दामा म्याद थप भइ आवश्यक अनुसन्धान तथा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू