मोटरसाइकल चोरेर हुईंकाउन खोज्नेहरु प्रहरी हिरासतमा

मोटरसाइकल चोरेर हुईंकाउन खोज्नेहरु प्रहरी हिरासतमा

इलाममा मोटरसाइकल चोरहरु प्रहरीको फन्दामा परेका छन् ।  आज दिउँसो चार वटा मोटरसाइकलसहित चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेकोे हो ।

पक्राउ परेकामा देऊमाई नगरपालिका १, चमैता बस्ने २० वर्षीय छिरिङ तामाङ, ताप्लेजुङ मिकुवाखोला गाउँपालिका ४ बस्ने २४ वर्षीय अपिल लिम्बु र २३ वर्षीय बुद्दबिर लिम्बु, धनकुटा सागुरिगढी गाउँपालिका ५ घर भइ हाल झापाको कन्काइ नगरपालिका २ बस्ने १५ वर्षीय सुशिल राई हुन् ।

निजहरुबाट प्रदेश नम्बर १–०१–०१५ प ९६८२, को.६ प ७७७४, को. २३ प ८१२३ र मे. ११ प ४३९१ नम्बरका विभिन्न कम्पनीको मोटरसाइकल बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

टिप्पणीहरू