सुडानीपछि सुन ओसार्नेमा क्यानेडियन समातिए

सुडानीपछि सुन ओसार्नेमा क्यानेडियन समातिए

एक जना क्यानेडियन नागरिकले ल्याएको नौ केजी तरल सुन समातिएको छ । दुबई हुँदै काठमाडौं आएका मोहम्मद कमाल महगौवको साथबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारीले उक्त परिमाणको सुन फेला पारेका हुन्  ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौं आएका र पासपोर्ट नम्बर एएम २६६५४८ का मोहम्मदको ब्यागेजलाई स्क्रिनमा हालेपछि मध्यरात सवा १२ बजे तरल सुन फेला परेको हो । आठ वटा पोकामा हालिएको तरल सुन नौ केजी रहेको बताइन्छ । त्यसपछि निजलाई भन्सार विभागले थप छानबिन र जाँचको निम्ति  राति नै प्रहरी परिसर गौशाला पठाएको छ ।
 

टिप्पणीहरू