रवि लामिछाने हटेपछि नेपाल प्रहरीका तीन दर्जन बढी एसपीको सरुवा

रवि लामिछाने हटेपछि नेपाल प्रहरीका तीन दर्जन बढी एसपीको सरुवा

नेपाल प्रहरीले ४२ जना एसपीको सरुवा गरेको छ । आजको मितिमा गरिएको सरुवा माघ महिनादेखि लागु हुने छ ।

जसअनुसार प्रहरी पहरा गणका कोमल शाहलाई जिल्ला प्रहरी कार्यालय पर्सा,लुम्बिनी प्रदेश प्रहरी कार्यालयका खड्कबहादुर खत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा र विशेष सुरक्षा गण,तनहुँका गोपालचन्द्र भट्टराईलाई हेडक्वार्टरस्थित मानवअधिकार उल्लंघन अनुगमन इकाइमा सरुवा गरिएको छ ।

त्यस्तै ज्ञानेन्द्रप्रसाद फुयाललाई विशेष सुरक्षा गण जनकपुरबाट जिल्ला प्रहरी कार्यालय उदयपुर, मधेश प्रदेश प्रहरी कार्यालयका तुलबहादुर कार्कीलाई लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर पुर्याइएको छ ।

सरुवा भएका सबै एसपीको विवरण संलग्न सूची हेर्नुहोला ।

 

टिप्पणीहरू