रेशम चौधरीका सांसद एक घण्टा बढी आकाशमा होल्ड

रेशम चौधरीका सांसद एक घण्टा बढी आकाशमा होल्ड

कैलाली निर्वाचन क्षेत्र नम्बर २ का सांसद अरुणकुमार चौधरीलाई प्रहरीले आज दिउँसो पक्रेको छ । आगजनी मुद्दामा अदालतबाट दोषी ठहर भएका उनलाई बाँकेको बैजनाथ गाउँपालिका–२, गावरबाट पक्राउ गरिएको  हो । 

२०७० सालमा ट्र्याक्टरमा आगो लगाएको घटनामा जिल्ला अदालत कैलालीले उनीमाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । सोही फैसला कार्यान्वयनको निम्ति चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउपछि उनलाई नेपालगञ्जबाट काठमाडौँ ल्याइएको थियो । सांसद चौधरी रेशम चौधरीकी श्रीमती अञ्जिता श्रेष्ठ नेतृत्वको उन्मुक्ति पार्टीका नेता पनि हुन् ।

उनलाई साँझ पौने ६ बजे श्री एयरलाइन्सको नियमित उडान नम्बर एसएचए ४३९ मा काठमाडौं ल्याइएको थियो । प्रहरी निरीक्षक चक्र डमर पालको नेतृत्वमा दुई जना सुरक्षाकर्मीको निगरानीमा उनलाई काठमाडौं ल्याइए पनि पुनः साँझ साढे ७ बजे सोही एअरलाइन्सको उडान नम्बर एसएचए २२७ बाट धनगढी लगिएको छ ।

टिप्पणीहरू