राजधानीमा बाबु झुण्डिए, ७ वर्षे छोरीको घाँटी रेटियो

राजधानीमा बाबु झुण्डिए, ७ वर्षे छोरीको घाँटी रेटियो

राजधानीको पुरानो बानेश्वर नजिकै एक पुरुष बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका छन् । कोठामा उनकी ७ वर्षे छोरीको घाँटी रेटिएको छ ।

पुरानो बानेश्वरको टंकप्रसाद मार्ग, सेतो पुल नजिकै रामेछाप घर भएका ४३ वर्षे किशोर भण्डारी शौचालयको भेण्टिलेटरमा झुण्डिएका हुन् ।  काठमाडौंमा फार्मेसी सञ्चालन गर्दै आएका भण्डारीको शवसँगै कोठामा ७ वर्षे छोरीको शव घाँटी रेटिएको अवस्थमा फेला परेको छ ।

घटनाबारे नयाँ बानेश्वर प्रहरी वृत्तको टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ । हाल शवको मुचुल्का उठाउने कार्य भइरहेको बताइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बाबु भण्डारीले छोरीको घाँटी रेटेपछि आफूले पासो लगाएको हुनसक्ने अनुमान गरिएको छ ।

टिप्पणीहरू