रविको ठाउँमा जितेको घोषणा गर्न निवेदन बोकेर पूर्वमन्त्री बहादुर भवनमा

रविको ठाउँमा जितेको घोषणा गर्न निवेदन बोकेर पूर्वमन्त्री बहादुर भवनमा

चितवन-२ का सांसद रवि लामिछानेको सांसद पद खारेज भएसँगै आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गर्दै नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् । 

लामिछानेले अवैध नागरिकता देखाएर मनोनयन दर्ता गरी चुनाव जितेको र सर्वोच्च अदालतको फैसलाले उनको पद खारेज भएकाले निकटम प्रतिष्पर्धीका नाताले आफू स्वत: निर्वाचित हुनुपर्ने उनको दावी छ । आफूलाई सांसद पदमा निर्वाचित भएको घोषणा गरिदिन श्रेष्ठ औपचारिक निवेदन लिएर केही बेरअघि बहादुर भवनस्थित आयोगको केन्द्रीय कार्यालय पुगेका हुन् ।  

गत आमनिर्वाचनमा चितवन -२ मा पूर्वमन्त्री श्रेष्ठलाई लामिछानेले भारी मतान्तरले पराजित गरेका थिए । अघिल्लो साता सर्वोच्चको आदेशले लामिछानेको सांसद पद खारेज भएपछि दुई महिनामै सो क्षेत्र जनप्रतिनिधिविहीन हुन् पुगेको छ ।
 

टिप्पणीहरू