रविको निर्णय : मन्त्री नबन्ने, प्रचण्डलाई समर्थन गरिरहने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । केन्द्रीय सदस्य र सांसदहरुको आज बसेको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको बताइएको छ ।सोही निर्णय सुनाउन लामिछानेले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

सरकारमा गएको ३२ दिनपछि सर्वोच्च अदालतको आदेश पश्चात् सभापति उपप्रधान एव् गृहमन्त्रीलगायत सबै जिम्मेवारीबाट बाहिरिएका हुन् । त्यसको १० दिनपछि अरु मन्त्री र राज्यमन्त्रीलाई पनि फिर्ता बोलाउने निर्णय गरिएको छ ।


 

टिप्पणीहरू