स्ववियु चुनावले विश्वविद्यालयको परीक्षा प्रभावित

स्ववियु चुनावले विश्वविद्यालयको परीक्षा प्रभावित

त्रिभुवन विश्वविद्यालयले यस वर्षको स्नातक तह चौथों वर्षको परीक्षा स्ववियु निर्वाचनपछि मात्र सञ्चालन गर्ने भएको छ । 

परीक्षा नियन्त्रण कार्यालयले शिक्षाशास्त्र, व्यवस्थापन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आशिंक परीक्षा आगामी चैत्र १२ गतेदेखि सञ्चालन गर्न लागेको हो । 

त्रिवि कार्यकारी परिषद्ले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिसकेको छ । यसअनुसार स्ववियु निर्वाचनलगत्तै परीक्षा सुरु हुनेछन् । यसअघि फागुल्न १० गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी त्रिविले तालिका सार्वजनिक गरेको थियो ।

तर, स्ववियु निर्वाचनमा भाग लिन नदिनका लागि हतारमा परीक्षा सञ्चालन गर्न खोजेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएपछि त्रिविले परीक्षाको तालिका परिमार्जन गर्ने निर्णय गरेको हो । आज परीक्षा कार्यतालिका सार्वजनिक गर्दै त्रिविले बीएससी र बीएडका परीक्षा चैत १२ देखि तथा बीबीएसको परीक्षा चैत १३ गतेदेखि सञ्चालन हुने जानकारी गराएको छ । 

विश्वविद्यालयको शैक्षिक क्यालेन्डरमा प्रत्येक २ वर्षमा फागुन १४ गते स्ववियु निर्वाचन हुने भनिए पनि १४ वर्षदेखि हुन् सकेको छैन । २०६५ चैतयता नियमित निर्वाचन हुन सकेको छैन भने २०७३ चैतमा २६ वटा क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

टिप्पणीहरू