शिक्षक लाइसेन्सका लागि आवेदन माग

शिक्षक लाइसेन्सका लागि आवेदन माग

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारसँग दरखास्त मागेको हो । 

आयोगले तोकेको अनलाइन दरखास्त फाराम भरी आवश्यक सम्पूर्ण कागाजतसहित आगामी असोज २९ गतेसम्म आवेदन पेश गर्न भनेको छ । दोब्बर दस्तुर तिरेर कात्तिक ६ गते राति १२ बजेसम्म अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन पेश गर्न सकिनेछ । 

म्यादभित्र दाखिला नभएको र रीतपूर्वक पेश नगरिएको दरखास्तउपर कुनै कारबाही नहुने जनाउँदै आयोगले झुठ्ठा विवरण उल्लेख गरी दरखास्त फाराम बुझाएमा उम्मेदवार स्वयंम जवाफदेही हुनुपर्ने बताएको छ । यससम्बन्धी विस्तृत जानकारी आयोगको वेबसाइटमा राखिएको छ ।

टिप्पणीहरू