भक्तपुरको पुस्तकालयमा अमेरिकी सहयोग

भक्तपुरको पुस्तकालयमा अमेरिकी सहयोग

भक्तपुरमा पुनस्र्थापना गरिएको पुस्तकालय सर्वसाधारणको लागि खुल्ला गरिएको छ । नेपाल र हिमालयसँग सम्बन्धित करिब पाँच हजार दुर्लभ पुस्तकहरू राखिएको पुस्तकालय सबैका लागि खुल्ला गरिएको जनाइएको छ ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भक्तपुरको नेपाल भोकेसनल एकेडमीमा रहेको प्रोफेसर टेड रिक्कार्डी स्मारक रिडिंग रुमको आज उद्घाटन गर्नुभएको छ । दूतावासका अनुसार रवीन्द्र पुरी फाउण्डेसन र एलेन कुनद्वारा आयोजित उक्त कार्यक्रममा सन् २०२० मा दिवंगत कोलम्बिया विश्वविद्यालयका प्रोफेसर एमेरिटस टेड रिक्कार्डीको सम्झना र सम्मानमा पुस्तकालय पुनर्स्थापना गरिएको हो ।

 

अमेरिकी आर्थिक सहयोगमा पुनर्स्थापित पुस्तकालय स्वदेशी र विदेशी अनुसन्धानकर्ता र शिक्षाविदहरूका लागि सहयोगी हुने दूतावासले जनाएको छ ।

टिप्पणीहरू