स्कुले विद्यार्थीलाई एसबिआईको ब्याग

स्कुले विद्यार्थीलाई एसबिआईको ब्याग
सुन्नुहोस्

नेपाल एसबिआई बैंकले मकवानपुरको भीमफेदी गाउँपालिका–१, मा रहेको लेकाली बसीफाँट माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत सम्पूर्ण छात्रछात्रालाई स्कुल ब्याग तथा शैक्षिक सामग्री उपलब्ध गराएको जनाएको छ ।

बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रधानाध्यापकलाई एक कार्यक्रमबीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांतसहित अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति थियो ।

 
बैंकले शिक्षा क्षेत्रमा यस किसिमको सहयोग निरन्तर गर्दै आइरहेको जनाएको छ । एसबिआई बैंकले हाल देशभर रहेका आफ्ना एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।
 

टिप्पणीहरू