उताको भिडन्तपछि घर आएकाले दिए आन्दोलनको चेतावनी

उताको भिडन्तपछि घर आएकाले दिए आन्दोलनको चेतावनी
सुन्नुहोस्

बंगलादेशबाट हालै फर्किएका चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नशिप गर्न मिल्ने वातावरण बनाइदिन माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै प्रकाशित गरेको सूचनाप्रति आपत्ति जनाउँदै उनीहरुले नेपालमै इन्टर्नशिप गर्न पाउनुपर्ने माग दोहोर्याएका हुन् । 

मन्त्रालयले बंगलादेशबाट फर्किएका विद्यार्थीले त्यहाँस्थित आफूले अध्ययन गरेकै मेडिकल कलेजमा इन्टर्नशिप पूरा गर्नुपर्ने बताएको छ । त्यसप्रति आपत्ति जनाउँदै उनीहरुले सरकारले नेपालमै इन्टर्नशिपको वातावरण नमिलाए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । 

‘छिमेकी देश भारत, पाकिस्तानलगायत विभिन्न देशका विद्यार्थीहरुले बंगलादेशमा अध्ययन गरेपनि आफ्नै देशमा इन्टर्नशिप गर्न मिल्ने प्रावधान छ र नेपाली विद्यार्थीहरुले नपाउने कदापि नि हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो यस विषयमा अविलम्ब आवश्यक पहल नभए सशक्त आन्दोलनमा उत्रने सम्बन्धित सम्पूर्णमा जानकारी गराउन चाहन्छौं ।’

आफूहरुको समस्या समाधानका लागि अध्ययन समिति गठन गरेपनि केही अध्ययन नगरेको जनाउँदै असन्तुष्ट विद्यार्थीहरुले भनेका छन्, ‘शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय हुदैँ बंगलादेशस्थित नेपाली राजदूतावासमार्फत बंगलादेशको सम्बन्धित निकायहरुमा मागेको धारण एवम् अध्ययन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरिनुपर्छ ।’

टिप्पणीहरू