सीटीईभीटीका कर्मचारीले लेनदेन गरेको प्रमाण खोज्दै शिक्षामन्त्री

सीटीईभीटीका कर्मचारीले लेनदेन गरेको प्रमाण खोज्दै शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारीले कुनै पनि कामका लागि आर्थिक लेनदेन गरेको भए त्यसको प्रमाण उपलब्ध गराउन अनुरोध गर्नुभएको छ ।

सीटीईभीटीसँग सम्बन्धित सम्बन्धन, परीक्षा प्रमाणपत्रलगायत काममा कार्यालयका प्रमुख, निर्देशक र कर्मचारीले लेनदेन गरेको गुनासो प्राप्त भएको भन्दै उहाँले प्रमाण खोज्नुभएको हो । 

मन्त्री भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘सीटीईभीटीसँग सम्बन्धित सम्बन्धन, परीक्षा प्रमाणपत्रलगायतका काममा कार्यालयका प्रमुख, निर्देशक र कर्मचारीले अनावश्यक दबाब दिएको, काममा ढिलाई गरेको र लेनदेन समेत गर्ने गरेको गुनासो प्राप्त भएकोले यदि कोही कसैबाट यस्तो भएको भए सप्रमाण मन्त्रालयमा जानकारी गराइदिनुहुन अनुरोध गर्दछु ।’

मन्त्रालयको इमेल ठेगानासहित मोबाइल नम्बर ९८४१५४९४२८, ९८४६२६१५३९, ९८५१३६२८४४, ९८५१३५९७८१ मा सम्पर्क गरी जानकारी गराउन सकिने उहाँले बताउनुभएको छ ।

टिप्पणीहरू