सिंगापुरको मुद्दा पेसी चढेपछि तारा बरालको टोलि सडकमा

सिंगापुरको मुद्दा पेसी चढेपछि तारा बरालको टोलि सडकमा

बैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिने सिंगापुर पठाइदिने भन्दै सयौँलाई ठगेको भन्दै त्यसविरुद्ध जिल्ला अदालत काठमाडौँमा परेको मुद्दा आज सुनुवाइका लागि पेसी चढेको छ । 

काठमाडौँको मालिगाउँस्थित समृद्धि कन्सल्टेन्सीका संचालक रमेश बयलकोटी र सन्जिव रायमाझीले दुई वर्षअगाडि सिंगापुर पठाईदिने प्रलोभनमा पारेर करिब ३०० जनाबाट रकम ठगि गरेको भन्दै वैदेशिक रोजगार विभागले मुद्दा हालेको थियो । उक्त मुद्दाको आज सुनुवाई तोकिएको हो। 

 यता, जिल्ला अदालतमा मुद्दा सुनुवाई हुने भएपछि आफूलाई सामाजिक अभियन्ता भन्ने तारा बरालको टोली अदालत बाहिर भेला भएको छ । बबरमहलस्थित रेड कार्यान्वयन केन्द्रअगाडिको सडक पेटीमा बरालसहित बैदेशिक रोजगार पीडितहरु भेला भएका छन् ।

टिप्पणीहरू