साइकल चढेर नेपाल छिरेका दुई भारतीयको खल्तीमा ब्राउनसुगर

साइकल चढेर नेपाल छिरेका दुई भारतीयको खल्तीमा ब्राउनसुगर

बर्दियामा अवैंध लागूऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बांँकेको कोहलपुर नगरपालिका– १५ चन्नुवाका २७ वर्षीय करन थारु र सोही नगरपालिकाका २५ वर्षीय विनोद थारु रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बढैयाताल गाउँपालिका–२ फटुाहाबाट १ ग्राम ५ मिलिग्राम ब्राउनसुगरसहित हिजो समातेको हो । 

प्रहरीका अनुसार उनीहरु उक्त लागूऔषधसहित भारतबाट साईकलमा नेपालतर्फ आउँदै गर्दा समातिएका हुन् । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

टिप्पणीहरू