अष्ट्रेलिया बस्ने साथीको नक्कली आइडी बनाएर ठगि धन्दा चलाउने युवती पक्राउ

अष्ट्रेलिया बस्ने साथीको नक्कली आइडी बनाएर ठगि धन्दा चलाउने युवती पक्राउ

अर्काको नाममा फेक आईडी खोली आर्थिक कारोबार गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन् । अष्ट्रेलियामा बस्ने केटी साथीको नाममा फेक फेसबुक आइडी खोलेर  ठगि धन्दा चलाएको आरोपमा प्रहरीले २० वर्षीय युवतीलाई समातेको हो । 

पक्राउ पर्नेमा सुनसरीको रामधुनी गाँउपालिका-४ घर भई हाल काठमाडौँको नयाँबस्ती बस्ने  युनिसा भन्ने स्वस्तिका श्रेष्ठ हुन् । उनले फेसबुक, इन्स्ट्राग्राम जस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जरमार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । 

उनीविरुद्ध ठगीको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठउपर विद्युतिय कारोवार कसूरअन्तर्गत आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरी प्रधान कार्यालयको साईबर ब्यूरो भोटाहिटि पठाइएको छ ।

टिप्पणीहरू