इन्दिरा गान्धी एअरपोर्टबाट युरोसहित यात्रु पक्राउ

इन्दिरा गान्धी एअरपोर्टबाट युरोसहित यात्रु पक्राउ

भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट एक यात्रु अवैध यूरोसहित पक्राउ परेका छन् । सीआईएसएफका कर्मचारीहरुले विमानस्थलबाट ५० लाख भारतीय रुपैयाँ बराबरको यूरोसहित एक यात्रुलाई समातेका हुन्  ।

झोलाभित्र राखेको कपडाको बीचमा पैसा फेला परेको कर्मचारीहरुले बताएका छन् । इन्डिगो एयरलायन्सको विमानबाट बैंकक जान लागेको ती यात्रुको व्यवहार शुरुदेखि नै शंकास्पद रहेको बताइएको छ । 

सीआईएसएफले ती यात्रुमाथि कडा निगरानी राखेको थियो । खुफिया कर्मचारीले समेत चेकइन क्षेत्रमा उनको गतिविधि शंकास्पद देखेपछि निगरानी बधाइएको थियो ।  

‘एक्स–बीस’ मेसिनमार्फत सामान जाँच गर्दा विदेशी मुद्रा लुकाइएको देखिएको अधिकारीहरुको भनाइ छ । ‘यात्रुलाई चेकइन औपचारिकताहरु पूरा गर्न अनुमति दिइएको थियो र शारीरिक र इलेक्ट्रोनिक उपायहरुमार्फत नजिकको निगरानीमा राखिएको थियो’, एक वरिष्ठ अधिकारीले भने । 

अध्यागमनका सम्पूर्ण प्रक्रिया पूरा गरेपछि सिआईएसएफका कर्मचारीहरुले यात्रुलाई रोकेर भन्सार कार्यालय लगेका थिए । उनको झोलाबाट ५० लाख भारतीय रुपैयाँ बराबरको ५१ हजार आठ सय युरो र पाँच हजार अमेरिकी डलर फेला परेको जनाइएको छ ।

टिप्पणीहरू