रवि लामिछानेको अभिव्यक्तिको रास्वपाका नेताले जिम्मा नलिने

रवि लामिछानेको अभिव्यक्तिको रास्वपाका नेताले जिम्मा नलिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताले सभापति रवि लामिछानेले गत आइतबार पत्रकार सम्मेलनमा बोलेका कुराको जिम्मा नलिने घोषणा गरेका छन् । 

केन्द्रीय कमिटी सदस्य अरनिको पाँडेले पार्टी सभापति लामिछानेले पत्रकार सम्मेलनमा दिएका अभिव्यक्तिको जिम्मा आफूले नलिने बताएका हुन् । एउटा नेता जहिले पनि भावनाभन्दा माथि उठ्नुपर्ने उल्लेख गर्दै उनले लामिछानेले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । 

आज दिँउसो ट्वीट गर्दै उनले रास्वपाको सो दिन बसेको बैठकले गरेको निर्णयको स्वामित्व भने आफूले लिने जानकारी गराए । ‘आइतबार रास्वपाको बैठकमा सहभागी थिएँ । बैठकले गरेको निर्णयको स्वामित्व लिन्छु, किन कि यसबारे हामीले व्यापक छलफल गरेका थियौं’, पाँडेले भने, ‘तर, म पत्रकार सम्मेलनमा सहभागी थिइन । त्यहाँ जे भनियो त्यसको सह–स्वामित्व म लिदिँन ।’

युवा, सीमान्तकृत र नेपालका आशावादीहरुको पक्षमा उभिन रास्वपा एक नेता भावनाभन्दा माथि उठ्न जरुरी रहेको उनको धारणा छ । 

आइतबार दिउँसो बसेको रास्वपाको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर, त्यसपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले नेपाली मिडियाप्रति चरम असन्तुष्टि पोखेका थिए ।

Yes I co-own RSP’s decision on Sunday - we discussed extensively. No I was not part of the press conf. prep. & I don’t co-own the narrative, its delivery & its omissions. RSP must rise above one leader's emotions to stand for the young, the marginalized and the hopeful of Nepal.

टिप्पणीहरू